IME Life

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले असोज २२ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण भोलि २१ गत बुुधवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले साधारण सभा कात्तिक ६ गते गर्ने भएको छ ।

सभा कास्की जिल्लाको होटल पोखरा ग्राण्डमा कात्तिक ६ गते बिहान ११ बजे हुने बैंकले जनाएको छ । कम्पनीले सभामा शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत सहभागि हुन जानकारी गराएको छ ।

Crest

सभाले ७ दशमलव ०३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा सर्वसाधारण समुहका शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरु निर्वाचित गर्नेछ ।

सभाको प्रस्तावमा उक्त कम्पनीसँग कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS