IME Life
Beema Board

नेको इन्स्योरेन्सको १५.९२% संस्थापक शेयर बिक्री सुरु, शेयर संरचना फेरबदल हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्सले आजदेखि १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्दैछ । कम्पनीले न्यूनतम् मूल्याङ्कन ३९५ रुपैयाँमा लिलाम बिक्री गर्न लागेको शेयरमा सबैभन्दा बढि कबोल गरी आवेदन दिनेले प्राप्त गर्नेछन् । नेको इन्स्योरेन्सको यो शेयर लिलामी सम्पन्न भएपछि संस्थापक शेयरधनीहरुको संरचनामा परिवर्तन आउने छ । हालसम्म महतो ग्रुपको सबैभन्दा बढि, राष्ट्रिय बाणिज्य बैंक, बिनायक ग्रुप, कृषि विकास बैंक र म्युचुअल फण्डको लगानी रहेको नेको इन्स्योरेन्समा संस्थापक लगानीकर्ताहरुको संरचना परिवर्तन हुने गरी शेयर बिक्री गर्न लागिएको हो ।

आजदेखि सिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने शेयरमा कार्तिक ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ । न्यूनतम पाँच हजार देखि अधिकतम सबै शेयरमा आवेदन दिन सकिने सो शेयरमा बढि मूल्य कबोल गर्नेले प्राप्त गर्नेछ । उक्त शेयर एकै जनाले खरिद गरेमा कम्तीमा एक जना सञ्चालक परिवर्तन हुने देखिएको छ । शेयर कसले बिक्री गर्न लागेको हो भन्ने खुलाइएको छैन ।

Prabhu
Crest

शेयर लिलामी प्रक्रिया सम्पन्न भएपछि कम्पनीको चुक्ता पुँजि एक अर्ब ३१ करोड ७४ लाख ३१ हजार ८०८ रुपैयाँ मध्येको करिब ८.१२ प्रतिशत हिस्सा नयाँ खरिद गर्नेले होल्न गर्नेछ । त्यसगरी ५१ प्रतिशत संस्थापक शेयर संरचना रहेको कम्पनीको संस्थापक शेयर संरचनामा १५.९२ प्रतिशत हिस्सा नयाँ खरिदकर्ताले ओगट्ने पाउनेछन् । शेयर टुक्राएर बिक्री गर्न खोजिएकाले सबै शेयर एउटै व्यक्तिले खरिद नगरी टुक्रा टुक्रा हुनेसक्ने सम्भावना समेत देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS