IME Life

२९ कम्पनीले घोषणा गरे लाभांश, कसको कति?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को लागि नेप्से सुचिकृत कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म २९ कम्पनीहरुले आर्थिक वर्ष २०७५।७६ को लागि लाभांश प्रस्ताव गरिसकेका छन् । बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि लाभांश घोषणा गर्ने तयारीमा छन् ।

गत वर्ष भदौमा गत वर्षको कमाइ घोषणा गर्न प्रतिस्पर्धा गरेका कम्पनीहरू यस वर्ष असोज सकिन लागेसँगै लाभांश घोषणा गर्न सक्रिय हुन थालेका छन् । विगत वर्षहरूभन्दा यसपटक लाभांश प्रस्ताव गर्ने क्रम कोरोना महामारीको कारण केही ढिलो भएको हो ।

Prabhu
Crest

लाभांश वितरण लगानीकर्ताका लागि पाकेको बाली सरह हो । वर्षभरिको कमाइ भित्र्याउने बेला पनि हो । कम्पनीहरुले घोषणा गरेको लाभांश नियामक निकायको अनुमति अनि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछिमात्र लगानीकर्तामा वितरण हुने गर्दछ ।

आर्थिक वर्ष २०७६/७७ मा आर्जित मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये १६ वटा म्युचअल फण्ड रहेका छन् । पाँच वटा क्यापिटल मार्केट कम्पनी, चार वटा लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, दुुई वटा वाणिज्य बैंक रहेका छन् भने बहुराष्ट्रिय कम्पनी युुनिलिभर नेपाल, नेपाल ल्युव कम्पनीले पनि लाभांश घोषणा गरिसकेको छ ।

हालसम्म लाभांश प्रस्ताव गरेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै युनिलिभर नेपालले एक सय प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै, माछापुच्छ्रे बैंकले ७ दशमलव ३ प्रतिशत बोनश शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक अफ काठमाडूूले १३ प्रतिशत बोन र ३ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा धेरै समता लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनश शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश दिने प्रसताव गरेको छ । हालसम्म कुनै पनि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि लाभांश प्रस्ताव गरेका छैनन् ।

त्यस्तै बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा हुने ढिलाईका कारण साधारणसभा र लाभांश घोषणामा ढिलाई हुने गर्दछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS