IME Life
Beema Board

तनहुँका किसानमा पशुपंक्षीको बीमामा आकर्षण बढ्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङख्या बढेको छ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङख्या पनि बढ्दै गएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले उपल्बध गराएको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा तनहुँ जिल्लामा १० हजार ७ सय ९५ पशुको बीमा गरिएको जनाएको थियो भने आर्थिक बर्ष २०७६र७७ मा ३६ हजार ४ सय २१ पशुपक्षीको बीमा गरिएको जनाएको छ ।

केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले उक्त जिल्लामा ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बीमा गरिएको बताए । साथै कृषि तथा पशुपन्छी बीमा वापत सरकारले एक करोड ९० लाख ८२ हजार २ सय ५० प्रिमियम शुल्क सहयोग गरेको छ भने सम्बन्धित कृषकले ४७ लाख ७० हजार ५सय ६२ भुक्तानी गरेका छन् । गत आर्थिक वर्षसम्म पशु बीमाका लागि सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत भुक्तानी गर्नुपर्ने प्रावधान रहेको थियो ।

Prabhu
Crest

उक्त जिल्लामा सबैभन्दा बढी कुखुरामा बीमा गरिएको छ । एक करोड ३३ लाख २० हजार मूल्य बराबरका २२ हजार २ सय कुखुरा, पाँच करोड ३९ लाख ९० हजार मूल्य बराबरका पाँच हजार ३ सय ९९ बाख्रा, १२ लाख ५० हजार मूल्य बराबरका पाँच हजार माछा, १७ करोड ५० लाख मूल्य बराबरका दुई हजार गाई, १३ करोड तीन लाख मूल्य बराबरका एक हजार ३ सय ३ भैँसी र ७७ लाख ८५ हजार मूल्य बराबरका ५ सय १९ बङ्गुरको बीमा गरिएको केन्द्रले जनाएको छ ।

त्यसमध्ये गाईको बीमामा कृषकले २१ लाख ८७ हजार ५ सय रुपैयाँ, भैंसीको बीमामा १६ लाख २८ हजार ७ सय ५० रुपैयाँ , बाख्राको बीमामा छ लाख ७४ हजार ८ सय ७५ रुपैयाँ , बङ्गुरको बीमामा ९७ हजार ३ सय १२ रुपैयाँ , कुखुराको बीमामा एक लाख ६६ हजार ५ सय रुपैयाँ र माछाको बीमामा १५ हजार ६ सय २५ रुपैयाँ तिरेका छन् ।
उक्त जिल्लमा एनएलजी, सगरमाथा, पु्रडेन्सियल र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पशु बीमाको सेवा दिँदै आएका छन् ।भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS