IME Life

मेगा बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । मेगा बैंक लिमिटेडले असोज ११ गते, आइतबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

Crest

यसअघि बैंकले २०७४ साल भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेको थियो । सोही अवधिमा आवेदन नपरेको शेयर बैंकले अहिले लिलामी मार्फत खुल्ला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS