Connect IPS
IME Life

युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारबाट हटे, अमेरिकाको लागि राजदूतमा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्त्री सरहको सुविधा सहित प्रधानमन्त्री कार्यालयका आर्थिक सल्लाहकारमा नियुक्त भएका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको लागि नेपाली राजदूत बन्ने भएका छन् ।

आज विहान बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । यससँगै उनी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारबाट हटेका छन् । अब नेपालको अर्थतन्त्र डा. खतिवडाको छायाँबाट पूर्ण रुपमा मुक्त हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्नु अघि मुख्य सचिव परिवर्तन तथा पूर्व अर्थमन्त्रीलाई विशेष सल्लाहकारबाट राजदूत बनाउने निर्णय गरेका हुन् ।

Prabhu
Crest

आज विहान बसेको मन्त्रिपरिषदको बैठकले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, हालका मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषदको सो निर्णय औपचारिक रुपमा भने सार्वजनिक भइसकेको छैन ।

डा. खतिवडालाई अमेरिकाको लागि राजदूतमा नियुक्त गरेपनि उनी नियुक्त भई त्यहाँ जान भने केही समय लाग्ने छ । संसदीय सुनुवाई लगायतको प्रक्रिया पूरा गरेपछि डा. खतिवडाको अमेरिकाको लागि राजदूतको यात्रा तय हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS