IME Life
Beema Board

सानिमा जनरलले असोज २१ गतेदेखि ३० लाख कित्ता आइपिओ निष्काशन गर्दै, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते बुधबारदेखि ३० करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त आइपीओमा छिटोमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा कार्तिक ६ गते बैंकिङ समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्ने कम्पनीको भनाईको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS