काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीकोे आइपीओमा दुई अर्ब २५ करोड २६ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा ८ लाख १२ हजार ३ सय ४० जनाले २ करोड २५ लाख २६ हजार ४ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।
सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ८ दशमलव २५ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएको कारण सामान्य तलमाथि हुन सक्ने कम्पनीले जनाएको छ ।कम्पनीले असोज ११ गतेबाट प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो ।
जसअनुसार कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४५ सेयर कर्मचारीले छुट्याएको थियो । त्यस्तै १ लाख ५० हजार कित्ता अर्थात् ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।