IME Life
Beema Board

एनसेलले ल्यायो ग्राहकहरुलाई यस्तो सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनसेलले साप्ताहिक पेएजयूगो योजना ल्याएको छ । यस अन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रति एमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछ । यस योजना आज बुधबारदेखि लागु जनाएको छ ।

पेएजयूगो अर्थात मेन ब्यालेन्सबाटै प्रति एमबी कर बाहेक २ रुपैयाँमा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ ।

Prabhu
Crest

यदी ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रुपैयाँ प्रति एमबी पर्दछ । एक हप्तामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क १ रुपैयाँमा झर्नेछ ।

ग्राहकले एक हप्तामा ५० रुपैयाँभन्दा बढी खर्च गर्ने बितिकै प्रति एमबी ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

साप्ताहिक चक्रमा हरेक हप्ता आइतबार देखि शनिबार सम्ममा ग्राहकले पेएजयूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुनेछ । कुनै ग्राहकले आइतबार देखि बुधबार सम्ममा पेएजयूगो डेटा सेवामा २३ रुपैयाँ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० भन्दा बढि खर्च हुने बित्तिकै पेएजयूगो शूल्क त्यहि हप्ताको शनिबार मध्यरातसम्मका लागि १ रुपैयाँ प्रति एमबीमा झर्ने जनाएको छ ।

सोहि ग्राहकको खर्च उक्त हप्ता ५० भन्दा बढि हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि ४० पैसा प्रति एमबीमा डेटा सेवा पाउँने कम्पनीले बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS