IME Life
Beema Board

दुई लघुवित्तको संस्थापक शेयर खरीदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वामित्वमा रहेको आरएमडीसी र ग्रामिण विकास लघुवित्तको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन रेहेको छ । आज बैंकिङ समयसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ ।

कोषले आरएमडीसीको २ हजार ६३२ कित्ता र ग्रामीण विकास लघुवित्तको ३ हजार १९४ कित्ता संस्थापक शेयर भदौ ११ गतेदेखि विक्री खुला गरेको थियो ।

Prabhu
Crest

आरएमडिसी लघुवित्तको शेयरमा न्यूनतम मूल्य ३९८ रुपैयाँ ७५ पैसा र ग्रामीण विकास लघुवित्तको शेयरमा न्यूनतम मूल्य १०९ रुपैयाँ ७० तोकिएको छ ।
आवेदकले न्यूनतम मूल्यलाई आधारमानेर त्यसभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ ।

खरीद गर्न चाहेको शेयरको धरौटी बापत प्रस्तावित कुल मूल्यको १० प्रतिशत रकम कम्पनीको सिटीजन्स बैंकमा रहेको खाता नं ००१०१००००२५८८२०१ मा जम्मा गर्नुपर्ने छ ।

शेयर खरीदका लागि छनोट भएका आवेदकले प्रस्ताििवत कुल रकममध्ये धरौटी बापत जम्मा गरेको रकम घटाई बाँकी रकम छनोट सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कोषको सोही खातामा जम्मा गरी सोको भौचर प्रशासन विभागमा पेश गर्नुपर्ने कोषले बताएको छ ।

शेयर नामसारी गर्दा खरीदकर्ताको तर्फबाट भुक्तानी गर्नुपर्ने सबै शुल्क खरीदकर्ताले नै व्यहोर्नुपर्नेछ । आवेदकले आवेदन फारक भर्दा डिम्याट खाता नं अनिबार्य रुपमा लेख्नुपर्नेछ ।

बालेपत्र असोज १५ गते विहान ११ बजे कोषको कार्यालय गहानापोखरी, काठमाडौंमा खालिने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS