IME Life

नेपाल राष्ट्र बैंकले २० अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि उक्त रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले ९१ दिनको अवधिका लागि १४ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल पुस ७ गते परिपक्क हुनेछ ।

Prabhu
Crest

यस्तै, बैंकले १८२ दिनको अवधिका लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७७ साल चैत्र १० गते परिपक्क हुनेछ भने ३६४ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७८ साल भाद्र ५ गते परिपक्क हुने जनाएको छ ।

आज असोज ५ गते, सोमबार ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS