काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २ ललितपुरमा ६४ र भक्तपुरमा १ सय १ जना गरी जम्मा ७ सय ६७ जनालाई कोरोना संक्रमण देखिएको जनाएको छ ।
यो सँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।