काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दर मा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिनेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने छ ।
कम्पनीले निष्काशन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता अर्थात ४ प्रतिशत संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुने कम्पनीले जनाएको छ ।
ईच्छुक लगानीकर्ताहरुले सि आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत शेयर आवेदन गर्न सक्नेछन ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ ।