IME Life
Beema Board

बैंक अफ काठमाण्डूको संस्थापक समूहको स्थगित लिलामी शेयर पुनः सुचारू

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट लिलामी मार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर पुनः सुचारू गरेको छ ।

यसअघि विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्युनीकरण गर्न लागु गरिएको निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । अहिले निषेधाज्ञा खुकुलो भएसँगै बैंकले बोलपत्र खरिद तथा दाखिला गर्न थप समय राखी पुन सूचारू गरेको जनाएको छ ।

Prabhu
Crest

बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको हो ।

उक्त लिलामी शेयरमा खरिद गर्न इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आज ९भाद्र ३० गतेबाट असोज ४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्याक्ति संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु असोज ५ गते सोमबार १०ः३० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा खुल्ने पनि बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS