काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ।स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित बिफ्रिङमा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
हाल क्वारेन्टिनमा ६ हजार ८ सय ९२ जना रहेका छन् भने आजसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८७९ जना निको भएसँगैं हालसम्म ३९ हजार ५ सय ७६ जना निको भएर घर गइसकेका छन् ।आज थप १५ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।