काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले करार सेवाका लागि कर्मचारी आह्वान गरेको छ ।
कम्पनीले एक विज्ञापन प्रकाशन गर्दै करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू पूर्ति गर्नुपर्ने भएकाले विभिन्न पदका लागि कर्मचारीका् माग गरेको हो ।
कम्पनीले न्यूनतम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशन भएको १५ दिनभित्र अनलाइन दरखास्त दिन आग्रह गरेको हो ।