काठमाडौं । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ निधारण गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भैरहेको छ ।