SKIP THIS

MLBL
IME Life
Beema Board

महानगरपालिकाको कोरोना पोजेटिभ रिपोर्टले समस्या, बीमा कम्पनीकै कर्मचारीले आईसोलेशनमा पौष्टिक आहार पाएनन्

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रदेश नं १ स्थित विराटनगर महानगरपालिका आफैले कोरोना पोजेटिभ रिपोर्ट दिन थालेको छ । महानगरपालिकाले कोरोना बीमा पोजेटिभ भएको रिपोर्ट दिन थालेपछि कोरानो शंकाको घेरामा परेको छ भने बीमा कम्पनीकै कर्मचारीले आईसोलेशनभित्र पौष्टिक आहार बापत बीमा दावी भुक्तानी पाउन नसकेको खुलेको छ ।

पूर्वी नेपालमा रहेको विराटनगर महानगरपालिकाले कोरोना पोजेटिभ भएको रिपोर्ट दिएको खुलेको छ । सो महानगरपालिका अन्तर्गतको जनस्वास्थ्य महाशाखा अन्तर्गतका स्वास्थ्यकर्मीले अस्पतालबाट प्राप्त रिपोर्टको आधारमा कोरोना पोजेटिभ रिपोर्ट दिएको हो । विराटनगर महानगरपालिका आफैले स्वाव संकलन गरी कोशी अञ्चल अस्पताल र प्रदेश नं १ को ल्याबमा परिक्षण गराई ल्याबको रिपोर्टको आधारमा कोरोना पोजेटिभ रिपोर्ट दिन थालेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

Prabhu
Crest

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले नगरपालिका आफैले स्वाब संकलन गरी कोशी अञ्चल अस्पतालमा परिक्षण गराई प्राप्त रिपोर्टलाई आधार मानेर कोरोना पोजेटिभ भएकाहरुको रिपोर्ट दिने गरिएको बताए । उनले कोरोना परिक्षण गर्दा सम्बन्धित अस्पतालबाट प्राप्त संकेत नम्वरसहितको कोरोना पोजेटिभ प्रमाणित गर्ने गरिएको जनाएका छन् । उनले भने, ‘नगरपालिकालाई अस्पतालको रिपोर्ट प्रमाणित गर्ने अधिकार छ, हामील्े प्रमाणित गरिदिएका हौं ।’ साथै उनले कोरोना पोजटिभ भएको अस्पतालको प्रमाणित रिपोर्ट आवश्यक पर्नेले अस्पताल वा महानगरपालिकाको कार्यालयमा सम्पर्क गरी लिन सक्ने समेत जनाएका छन् । बीमाको लागि अस्पतालकै रिपोर्ट आवश्यक पर्नेहरुलाई अस्पतालबाट प्राप्त रिपोर्टको डिजिटल कपी प्रिन्ट गरेर दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।

महानगरपालिकाको कोरोना पोजेटिभ रिपोर्टकै कारण विराटनगरस्थित एक बीमा कम्पनीका शाखा प्रमुखले आईसोलेशनभित्र पौष्टिक आहार बापत कोरोना बीमा बापत पाइने एक लाख रुपैयाँ पाएका छैनन् । उनले बीमा गरेको कम्पनीले अस्पतालको रिपोर्ट चाहिनेमा नगरपालिकाको रिपोर्ट आएको भन्दै दावी भुक्तानी गरेको छैन । बीमा दावी भुक्तानीमा कडाई गरिएको कारण उनले आईसोलेशनमा पौष्टिक आहार बापतको रकम नपाएका हुन् । कोरोना बीमा पोलिसी जारी हुँदा अण्डरराईटिङ नभएको बीमा पोलिसी भएकोले कोरोना पोजेटिभ पुष्टि हुने वित्तिकै रकम पाइने भनिएको थियो । बीमा पोलिसी जारी हुने वित्तकै २०७६ चैत्रमै बीमा गरेका उनले कोरोना पोजेटिभ भएको १५ दिनसम्म पनि बीमा दावी भुक्तानी रकम पाएका छैनन् ।

केही बीमा कम्पनीहरुले नक्कली कोरोना बीमा दावी पर्न थालेको झूठो दावी बीमा समिति समक्ष पेश गर्दै कोरोना दावी भुक्तानीमा कडाई गर्न लगाउँदा बीमा समितिले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा परिक्षण गरेमा मात्रै कोरोना बीमाको दावी भुक्तानी पाइने भन्दै सबै कम्पनीहरुलाई पत्राचार गरेको थियो । यसको प्रत्यक्ष असर बीमितलाई परेको छ ।

रोचक कुरा के छ भने महानगरपालिकाको रिपोर्टसहित कोरोना बीमाको दावी गर्ने एक बीमा कम्पनीका बिराटनगर शाखाका प्रमुखकी श्रीमती हुन् । साउनको अन्तिम साता महानगरपालिकाले स्वाबको नमुना संकलन गरी लिएर गएको थियो । नमुना लिएर गएको दुई दिनपछि प्रहरी आएर उनको श्रीमतीलाई आईशोलेसन कक्षमा पुर्याए भने श्रीमान अर्थात शाखा प्रमुखलाई घरैमा आईसोलेशनमा बस्न आदेश जारी गरियो । उनी मात्रै होइन, उनको परिवार र सम्पर्कमा आएका सबै आईसोलेशनमा छन् । इन्स्योरेन्स खवरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सुरुमा स्वाब नगरपालिकाले लगेकोले रिपोर्ट माग्दा यस्तै दियो, त्यस्तै पेश गरियो, अहिले रिपोर्ट त कोशी अञ्चल अस्पतालले दिने भनेको छ, लिन जाने मानिस कोही पनि छैन । मेरी श्रीमतीको रिपोर्ट अझैसम्म नेगेटिभ आईनसकेको कारण म आफै घरबाट बाहिर निस्कन पाएको छैन ।’ ति शाखा प्रमुखले दर्दनाक पीडा सुनाए ।

सम्पर्कमा भएका सबै आईसोलेशनमा बसेपछि रिपोर्ट कसले ल्याईदिने ? आईसोलेशन वा होम आईसोलेशनमा बसेको व्यक्ति आफुखुशी बाहिर निस्केर सरकारी ल्याब खोजेर पुनः परिक्षण गराउन सम्भव छैन । बीमा समितिले लागू गरेको कोरोना बीमा मापदण्ड अनुरुप स्वास्थ्य मन्त्रालय अन्तर्गत मातहतका निकायमा मात्रै परिक्षण गर्ने व्यवस्था अक्षरसः पालना हुँदा धेरै कोरोना संक्रमितले बीमा शुल्क तिरेर पनि बीमा बापतको रकम पाउने नसक्ने अवस्था सिर्जना हुने प्रष्ट देखिएको छ ।

बीमा समितिले आईशोलेसनमा बस्दा पौष्टिक आहार खाने खर्च बापत कोरोना बीमा दावी भुक्तानी गर्ने भनिएकोमा बीमा कम्पनीकै श्रीमान श्रीमती क्वारेन्टिन र होम आईशोलेशनमा रहँदा पौष्टिक आहार खर्च पाएका छैनन् । कोरोना पोजेटिभ हुने वित्तिकै सिंगो परिवार र सम्पर्कमा आएकाहरु क्वारेन्टिम र आईशोलेसनमा बस्नुपर्ने हुँदा बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्डकै कारण बीमितिले दावी भुक्तानी लिन सकेका छैनन् ।

बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ समयानुकूल संशोधन गर्न चार सदस्यीय कार्यदल गठन गरि प्रक्रिया अघि बढाइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS