Connect IPS
IME Life

अर्थमन्त्री डा. खतिवडाद्वारा राजिनामा, पौडेल मन्त्री नबन्ने, नयाँ अर्थमन्त्रीमा ज्ञवालीको चर्चा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजिनामा दिएका छन् । अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको डा. खतिवडाले आज अपरान्ह बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटमा दुवै पदबाट राजिनामाको जानकारी गराएका छन् । मौखिक रुपमा राजिनामा दिइसकेको र आज साँझ लिखित रुपमा राजिनामा बुझाउने खतिवडाको सचिवालयले जनाएको छ ।

डा. खतिवडाले राजिनामा दिएसँगै नयाँ अर्थमन्त्रीमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको चर्चा सुरु भएको छ । वर्तमान मन्त्रिमण्डलका विवादरहित दुई पात्र खतिवडा र ज्ञवाली मध्ये अर्थमन्त्रालयको जिम्मेवारी प्रदिप ज्ञवालीलाई दिन लागेको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

Prabhu
Crest

उता, अर्थमन्त्रीको रुपमा चर्चा गरिएका नेकपाका महासचिव विष्णु पौडेलले मन्त्री नबन्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । यस लगत्तै अब अर्थमन्त्रीमा ज्ञवालीलाई ल्याउने तयारी गरिएको जनाइएको छ ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै नयाँ अर्थमन्त्री नियुक्त नगरी मौजुदा मन्त्रिपरिषदकै सदस्यलाई अर्थमन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावना समेत रहेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS