काठमाडौं । आज शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म २० हजार २४२ जना संक्रमित उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १६ हजार १९ छ ।