SKIP THIS

MLBL
IME Life
Beema Board

कोरोना बीमा गर्नेको संख्या १० लाख नाघ्यो, ६२ करोड भन्दा बढि बीमा शुल्क संकलन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारी सहयोगमा सञ्चालित कोरोना बीमा गर्नेको संख्या ह्वात्तै बढेको छ । सरकारी कर्मचारीलाई निशुल्क कोरोना बीमा गर्ने व्यवस्थासँगै सरकारी कर्मचारीहरुले कोरोना बीमा गराउने क्रम बढेको छ । यससँगै कोरोना बीमा गर्नेको संख्या १० लाख नाघेको छ ।

राष्ट्रिय बीमा कम्पनीका सिईओ डिल्लीराज अर्यालले दिएको जानकारी अनुसार हालसम्म दुई लाख ६६ हजार जनाको कोरोना बीमा गरी १६ करोड भन्दा बढि कोरोना बीमा शुल्क संकलन भएको छ । सरकारी कर्मचारीको कोरोना बीमा शुल्क सरकारले व्यहोर्ने भएसँगै कम्पनीमा कोरोना बीमा गर्नेको चाप बढेको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा शिक्षकहरुको बीमा गराउने काम भइरहेको सो कम्पनीले जनाएको छ । सुरक्षाकर्मीहरुको बीमा गराउने कार्य अन्तिम चरणमा पुगेको छ । नेपालका सबैं सरकारी कम्पनीहरु सरकारी स्वामित्वको राष्ट्रिय कम्पनीमा कोरोना बीमा गर्न गएका छन् ।

Prabhu
Crest

बीमा पुलमा सो तथ्याङ्क अध्यावधिक हुन बाँकी छ । बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार हालसम्म आठ लाख ३४ हजार ९३३ जनाको कोरोना बीमा गरिएको छ । सो तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीबाट कोरोना बीमा गरिएको दुई लाख थप हुँदा कोरोना बीमा गर्नेको कूल संख्या १० लाख नाघेको छ । बीमा पुलको तथ्याङ्क अनुसार कूल ४६ करोड ९८ लाख ७९ हजार १८२ रुपैयाँ कोरोना बीमा शुल्क आर्जन गरेका छन् । राष्ट्रिय बीमा कम्पनीका अनुसार कोरोना बीमा शुल्क १६ करोड नाघिसकेको छ । सो समेत जोड्दा कूल कोरोना बीमा शुल्क आम्दानी ६२ करोड भन्दा माथि पुग्ने छ ।

यसैबीच, कोरोना बीमामा दावी पर्ने क्रम बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार कूल ६०० जनाको कोरोना बीमा दावी परेको छ । बीमा कम्पनीहरुका अनुसार दैनिक जसो बीमा दावी पर्ने क्रम जारी छ । त्यसैगरी, दावी भुक्तानी गर्ने क्रम समेत जारी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS