काठमाडौं । समृद्धि फाइनान्सको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १२ गते हकप्रद शेयर निष्काशन प्रयोजनको बुक क्लोज गरेसँगै बिहीवारसम्म शेयरधनीले शेयर कायम गर्नुपर्नेछ ।
कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा बीओके क्यापिटल रहेको छ । उक्त कम्पनीले बोर्डबाट भदौ २ गते हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
शेयर निष्काशन पश्चात् कम्पनीको चुक्तापूँजी ५४ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।