IME Life
Beema Board

तिनाउ मिसन डेभलपमेण्ट बैंकले घटायो कर्जाको ब्याजदर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले ब्याजदर घटाएको छ । बैंकले विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाभाईरसको असरबाट आफ्न ऋणी ग्राहकहरुलाई पर्न गएको आर्थिक भारलाई महसुस गरि ऋणी ग्राहकहरुलाई केहि हदसम्म राहतदिने उद्देश्यले ब्याजदर घटाईदिएको जनाएको छ ।

बैंकले यस भन्दा अगाडी नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी भएको परिपत्रअनुसार २०७६ चैत्रमा ब्याज भुक्तनी गरेका ऋणीहरुको ब्याजमा दिनुपर्ने १० प्रतिशत छुट र २०७७ बैशाख १ देखि आषाढ मसान्तसम्मको ३ महिनामा तोकिएका क्षेत्रबाहेकका ऋणीहरुलाई ब्याजदरमा दिनुपर्ने २ प्रतिशतले हुने रकम लगभग ४ करोड २० लाख रुपैयाँ छुट प्रदान गरिसकेको छ ।

Prabhu
Crest

यसरी बैंकले विश्वब्यापी रुपमा विगत ६ महिनादेखि आफ्नो पेशा र ब्यवसायहरु निरन्तर रुपमा चल्न नपाई आर्थिक भारमा परेका आफ्ना ऋणी ग्राहकहरुमध्ये असल बर्गमा परेका सम्पूर्ण ऋणीहरुको ब्याजदरमा पुनः २ दशमलव २५ प्रतिशतसम्मले ब्याजदर घटाई सहुलियत प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी दिए ।

बुटवल ४ पाल्पारोडमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले हाल ७ वटा जिल्लाका विभिन्न ग्रामीण एवम् शहरोन्मुख क्षेत्रमा खोलिएका ५३ वटा शाखा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्गको प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS