Connect IPS
IME Life

आ. व. ७६/७७मा नयाँ निर्जीवन बीमा कम्पनी अजोड, जनरल र सानिमा जनरललाई दाँजेर हेर्दा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन् । तीन निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीन नयाँ निर्जीवन बीमा कम्पनी मध्य अजोड इन्स्योरेन्सले  आईपीओ निस्काशन प्रक्रिया सम्पन्न गरेर अजोडको शेयर दोश्रो बजारमा कारोवार भएको अवस्थामा सानिमा जनरल र जनरल इन्स्योरेन्सले निकट भाविश्यमा आईपीओ निस्काशन गर्ने छन्।  अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्स कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन:

चुक्ता पूँजीको आधारमा :
जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा दुई कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिएर १ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छन् । अजोड इन्स्योरेन्सले  आईपीओ निस्काशन प्रक्रिया सम्पन्न गरेर अजोडको शेयर दोश्रो बजारमा कारोवार सुरु भैसकेको छ।

Prabhu
Crest

 

जगेडा कोषको आधारमा :
जगेडा कोषमा सानिमा जनरल इन्स्योरेन्स अघि छ । सानिमा जनरल इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ९९ लाख संचित छ भने जनरल इन्स्योरेन्सको जगेडामा ४  करोड ६६ लाख रुपैँया छ भने अजोड इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ५५ लाख रुपैँया संचित छ ।

 

बीमा कोषको आधारमा:
बीमा कोषमा अजोड इन्स्योरेन्स अघि छ । अजोड इन्स्योरेन्सको बीमा कोषमा ६  करोड १६ लाख छ भने जनरल इन्स्योरेन्सको बीमा कोषमा ५ करोड १०  लाख छ त्यस्तै सानिमा जनरल इन्स्योरेन्सको बीमा कोषमा ५ करोड ७३ लाख रुपैयाँ संचित छ ।

 

कुल बीमा शुल्क आर्जन रकमको आधारमा :
चालु आर्थिक वर्षको चौथो  त्रैमाससम्म अजोड इन्स्योरेन्सले ८६ करोड १२ लाख कुल बीमा शुल्क आर्जन गरको छ भने जनरल इन्स्योरेन्सले ५३ करोड ६९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले ३५ करोड २७ लाख कुल बीमा शुल्क आर्जन गरको छ ।

 

खुद बीमा माशुल्क आर्जन रकमको आधारमा :
खुद बीमा शुल्क आर्जनमा अजोड  इन्स्योरेन्स अघि छ । अजोड  इन्स्योरेन्सले २७ करोड ७९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने जनरल  इन्स्योरेन्सले २० करोड ९६ लाख खुद बीमा शुल्क आर्जन गरको छ र सानिमा जनरल इन्स्योरेन्सले १३  करोड ५५ लाख खुद बीमा शुल्क आर्जन गरको छ ।

 

 

खुद नाफाको आधारमा: 
खुद नाफाको आधारमा अजोड इन्स्योरेन्स अघि छ । यो १२ महिनाको अवधिमा अजोड इन्स्योरेन्सले ६  करोड २१ लाख खुद नाफा गरेको छ भने सानिमा जनरल इन्स्योरेन्सले ५ करोड ५६ लाख खुद नाफा गरेको छ र जनरल इन्स्योरेन्सले ५ करोड ०६ लाख खुद नाफा गरेको छ ।

कुल दावी भुक्तानीको आधारमा :

अजोड इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७मा २२ करोड ५४ लाख कुल दावी भुक्तानी गरेको छ भने जनरल इन्स्योरेन्सले १९ करोड ५२ लाख र सानिमा जनरल इन्स्योरेन्सले ६ करोड ५७ लाख कुल दावी भुक्तानी गरेको छ ।

भुक्तानी हुन् बाँकी दावी :
सानिमा जनरल इन्स्योरेन्सले ७ करोड ७० लाख दावी भुक्तानी गर्न बाँकी रहेको छ भने अजोड इन्स्योरेन्सले ५ करोड ४७ लाख र जनरल इन्स्योरेन्सले ३ कारोड ९० लाख दावी भुक्तानी गर्न बाँकी छ  ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS