Connect IPS
IME Life

३७ बीमा कम्पनीले कमाए झण्डै आठ अर्ब मुनाफा, यी हुन धेरै मुनाफा कमाउने पाँच शीर्ष कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कूल ३९ वटा बीमा कम्पनीहरु नेपालमा सञ्चालित छन् । सो मध्ये ३७ वटा बीमा कम्पनीहरुले वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । नेपालमा दर्ता भएका ३६ वटै बीमा कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् भने तीन वटा विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालय मध्ये एउटाले मात्रै वित्तीय विवरण प्रकाशन गरेका छन् । नेपालमा दर्ता भएका ३६ वटा बीमा कम्पनी बाहेक एक वटा पुनर्बीमा कम्पनी छ । पुनर्बीमा कम्पनी नेपालमा दर्ता भएपनि अन्तर्राष्ट्रिय अभ्यास, नेपाल बाहिर हुने जोखिम मूल्याङ्कनको आधारमा हिसाब किताब राख्ने कम्पनी हो । सोही कारण उक्त कम्पनीको वित्तीय विवरण समेत ढिलाई प्रकाशित हुने गर्दछ ।

नेपालमा दर्ता भएका ३६ वटा बीमा कम्पनीहरुले कूल सात अर्ब ५४ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको तुलनामा नेपाली बीमा कम्पनीहरुको मुनाफा १४.९१ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष छ अर्ब ६४ करोड ७१ लाख लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए । हालसम्म वित्तीय विवरण प्रकाशित गर्ने ३७ कम्पनी मेट लाईफ समेतको खुद नाफा सात अर्ब ८७ करोड ६४ लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्ष सात अर्ब २० करोड ५२ करोड रुपैयाँ मुनाफा आर्जन गरेकोमा यस वर्ष ९.३१ प्रतिशतले बृद्धि भएको हो ।

Prabhu
Crest

मुनाफा आर्जन गरेको आधारमा शीर्ष स्थानमा पुग्ने पाँच कम्पनीमा राष्ट्रिय बीमा कम्पनी पहिलो स्थानमा छन् भने नेपाल लाईफ दोस्रो, शिखर इन्स्योरेन्स तेस्रो, नेको इन्स्योरेन्स चौथो र नेशनल लाईफ पाँचौं हुन सफल भएका छन् । राष्ट्रिय बीमा कम्पनीको पुँजि २६ करोड मात्रै भएपनि बीमा कोषमा ठूलो रकम संचित छ । त्यस्तै नेपाल लाईफ जीवन बीमा क्षेत्रको पहिलो कम्पनी हो भने शिखर इन्स्योरेन्स निर्जिवन बीमा तर्फको सबैभन्दा ठूलो कम्पनी हो ।

राष्ट्रिय बीमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने नेपाल लाईफले ५३ करोड तीन लाख, शिखरले ४५ करोड एक लाख, नेको इन्स्योरेन्सले ४४ करोड ३५ लाख र नेशनल लाईफले ३९ करोड १२ लाख रुपैयाँ मुनफा आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, मेट लाईफ र सिद्धार्थ इन्स्योरेन्सले ३० करोड भन्दा बढि मुनाफा आर्जन गरेका छन् । प्राईम लाईफ, सूर्या लाईफ, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ, आईएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाईफले २० करोड भन्दा माथि मुनाफा आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सबैभन्दा कम मुनाफा आर्जन गर्ने कम्पनीहरुको अन्तिम सूचिमा युनाईटेड इन्स्योरेन्स रहेको छ भने रिलायन्स लाईफ, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान, महालक्ष्मी लाईफ, सानिमा लाईफ, गुराँस लाईफ र युनियन लाईफको मुनाफा १० करोड भन्दा कम छ । सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफ ३३ औं स्थानमा उक्लिएको छ भने नयाँ कम्पनी भएर पनि सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी युनियन लाईफ ९ करोड ७० लाख मुनाफा सहित २८ औं स्थानमा छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनपछि हेरफेर हुनसक्नेछ । जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा प्रकाशित मुनाफा अन्तिम भने होइन । बीमाङ्कीय मूल्याङ्कनमा जोखिम थप भएमा मुनाफा घट्नेछ भने जोखिम कम देखिए मुनाफा बृद्धि हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS