SKIP THIS

MLBL
IME Life
Beema Board

प्रुडेन्सियल इन्स्योरेन्समा नियम विपरित एक करोड ऋण प्रवाह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले नियमविपरित एक करोड रुपैयाँ ऋण प्रवाह गरेको खुलेकोछ । तत्कालिन सञ्चालक समितिका अध्यक्ष अशोक अग्रवालको पालामा वर्तमान सिईओ बीर कृष्ण महर्जनलाई चार वर्ष अगाडि एक करोड रुपैयाँ ऋण उपलब्ध गराएका थिए । तत्कालिन सञ्चालक समितिका एक सदस्यले दिएको जानकारी अनुसार अन्य सञ्चालकलाई थाहै नदिई अध्यक्षले सिधैं निर्णय गरेर सिईओ महर्जनलाई एक करोड रुपैयाँ ऋण उपलब्ध गराइएको थियो ।

सिईओ महर्जनले आफ्नै कम्पनीबाट एक करोड रुपैयाँ ऋण लिएर एक जीवन बीमा कम्पनीमा शेयर हालेका थिए । बीमा कम्पनीमा नियम विपरित भएको सो काण्डमा तत्कालिन अध्यक्ष अग्रवाल र सिईओ महर्जनको मिलेमतोमा भएको स्रोतको भनाई छ । नयाँ अध्यक्ष बनेपछि सो काण्ड बीमा समितिमा पुगेको र मौखिक रुपमा सल्टाएको सूत्रको भनाई छ । महर्जनले दुई वर्ष अघि नै ऋण तिरेका थिए । सिईओ महर्जनले उक्त ऋण दुई वर्षभन्दा बढि चलाएको जनाईएको छ । उनले ऋण उपयोग बापत ब्याज समेत नतिरेको स्रोतको दावी छ ।

Prabhu
Crest

संस्थागत सुशासन उल्लंघन गर्दै नियम विपरित ऋण लिएका व्यक्ति अझै प्रुडेन्सियल इन्स्योरेन्सको सिईओ पदमा कार्यरत छन् । उनको पदावधी अझै करिब दुई वर्ष बाँकी छ । बीमा समितिका अनुसार सिईओ नियुक्त हुँदा दिइएको पत्रमा उल्लेख भएको बाहेकका कुनै पनि सुविधा बीमा कम्पनीका सिईओले लिन पाउँदैनन् । त्यसरी थप सेवा सुविधा लिए-दिएमा बीमा समितिले कारवाही गर्न सक्दछ । तर, प्रुडेन्सियलमा एक करोड रुपैयाँ ऋण दुरुपयोग भएको सम्बन्धमा बीमा समितिले कुनै नैसियत दिएको रेडर्क समेत छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS