Connect IPS
IME Life

भक्तपुर भोलिदेखि आंशिक लकडाउनमा, सार्वजनिक यातायात बन्द, काठमाडौंमा के होला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्थानीय प्रशासनले भोलिबाट लागू हुने गरी भक्तपुरमा आंशिक लकडाउन गर्ने घोषणा गरेको छ । भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको सर्वपक्षिय बैठकले भोलिदेखि आंशिक लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरी भोलि भदौ ३ (बुधबारबाट) देखि १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो । भोलिबाट भक्तपुर जिल्लाभित्र सार्वजनिक यातायात ठप्प हुनेछ । सार्वजनिक यातायात ठप्प भएसँगै भोलिबाट भक्तपुर आंशिक रुपमा लकडाउनमा पर्नेछ । यद्यपि मध्यपुर नगरपालिकाले साउनको अन्तिम सातादेखि नै सार्वजनिक यातायातमा रोक लगाइसकेको छ ।

Prabhu
Crest

उक्त भक्तपुरमा आंशिक लकडाउन गरिए पनि काठमाडौं भने खुल्ला नै हुनेछ । काठमाडौंमा यो समाचार तयार गर्दासम्म लकडाउनको औपचारिक घोषणा गरिएको छैन । त्यस्तै, ललितपुरमा पनि सार्वजनिक यातायात, पसलहरु खुल्ला नै हुनेछन् । यद्यपि जोर बिजोर भने लागू भइरहेको छ ।

राजधानी काठमाडौं उपत्यका खुले पनि देशका धेरै शहरहरु यतिबेला लकडाउनमा परिसकेका छन् । प्रमुख शहरहरु बीरगन्ज, बिराटनगर, बुटवल, हेटौडा लगायतका शहरहरु यसअघि नै लकडाउनमा छन् । राजधानी काठमाडौं आंशिक रुपमा खुलेमा अब विस्तारै बन्द हुने संकेत देखिएको छ । पछिल्लो साता सडकमा निकै पातलो मात्रै मानिसहरु हिडेका देखिएका छन् भने हिजो देखि होटल, रेष्टुरेन्ट पूर्ण रुपमा बन्द गरेर अर्डर गरी तयारी खाने कुरा लैजाने अनुमति भने दिइएको छ ।

कोरोना भाइरसको कारण गत २०७६ साल चैत्र ११ गतेदेखि घोषणा गरिएको लकडाउन करिब ४ महिना पछि गत साउन ८ बाट सुचारु गरिएको थियो । यद्यपि लामो दुरीका साधन, हवाई यातायात, विद्यालय, सिनेमाघर लगायतका सार्वजनिक स्थान भने चैत्र ११ देखि नै खुलेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS