Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको मुनाफा २२ प्रतिशतले बृद्धि, एक लाख ३२ हजार बीमा पोलिसी बिक्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा एक लाख ३२ हजार भन्दा बढि बीमा पोलिसी बिक्री गरी ३० करोड भन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ ।

सो कम्पनीले गत आर्थिक वर्षमा ८० करोड ७५ लाख ५३ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कूल दुई अर्ब एक लाख ३४ हजार रुपैयाँको बीमा कारोबार गरी आर्जित आम्दानीबाट सो मुनाफा बचत गर्न सफल भएको हो । यद्यपि कम्पनीको खुद बीमा शुल्क भने घट्न गएको छ । कम्पनीले गत आवमा ८४ करोड २५ लाख ९७ हजार रुपैयाँ बीमा खुद बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीको कूल बीमा शुल्कमा भने बृद्धि भएको छ । कम्पनीले गत आवमा दुई अर्ब एक लाख ३४ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा एक अर्ब ८६ करोड २१ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आवमा कम्पनीको मुनाफामा उल्लेख्य रुपमा बृद्धि भएको छ । कोरोना भाइरसको कारण सवारी दुर्घटना कम भएको र अन्य उद्योग तथा कलकारखाना समेत बन्द भएकोले बीमा दावी सम्बन्धी घटनाहरु कम भई दावी भुक्तानी घटेको हो । कम्पनीको दावी भुक्तानी ९ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ५५ करोड ४६ लाख ७८ हजार रुपैयाँ दावी भुक्तानी दिएको कम्पनीले गत आवमा ५० करोड छ लाख ४७ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ ।

त्यस्तै, कम्पनीको बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषमा समेत उल्लेख्य बृद्धि गर्न सफल भएको छ । तीन वटै कोषमा गत वर्षको तुलनामा ३१ प्रतिशतले बृद्धि गर्दै एक अर्ब २२ करोड ३७ लाख ८५ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको तीन वटै कोषमा ९२ करोड ८३ लाख सात हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीले गत आर्थिक वर्षमा एक एक लाख ३२ हजार २३९ वटा बीमा पोलिसी बिक्री गरेको छ । अघिल्लो वर्ष एक लाख ३० हजार ५४६ वटा पोलिसी बिक्री गरेको थियो । कोरोना महामारीका बेलामा पनि कम्पनीले थप बीमा कारोबार गर्न सकेको देखिएको छ । कोरोनाको कारण कम्पनीको खुद बीमा शुल्क घटेको भएपनि मुनाफा, कोष र कूल शुल्कको आधारमा कम्पनी बलियो बन्दै गएको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS