Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्सको मुनाफा ४५% ले बृद्धि, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४५.६९ प्रतिशत मुनाफा आर्जन गरेको छ । कम्पनीले कोरोना महामारीका बीचमा ११ करोड भन्दा बढि मुनाफा बृद्धि गर्न सफल भएको हो ।

गत आवको अघिल्लो वर्ष २४ करोड ५६ लाख २३ हजार रुपैयाँ मुनाफा आर्जन गरेकोमा गत आवमा ३५ करोड ७८ लाख ७० हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको दावी भुक्तानी घटेको कारण मुनाफा बढेको हो । कम्पनीले अघिल्लो वर्ष ४८ करोड ९० लाख ५२ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा गत आवमा ६ करोडले घटेर ४२ करोड ५९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च खासै बढेको छैन भने अन्य प्रत्यक्ष आय चार करोडले बृद्धि भएको छ । अघिल्लो वर्ष २५ करोड १२ लाख ९७ हजार व्यवस्थापन खर्च गरेको कम्पनीले गत आवमा २५ करोड ७३ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ ।

Prabhu
Crest

कम्पनीको भुक्तानी हुन बाँकी दावी भुक्तानी दुई अर्ब ३१ करोड २२ लाख १३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष एक अर्ब ९३ करोड ६१ लाख २७ हजार रुपैयाँ रहेको थियो । कम्पनीले बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषमा गरी कूल एक अर्ब छ करोड तीन लाख ४७ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीले कोषको आकारमा थप ५० प्रतिशतभन्दा बढि योगदान गर्न सफल भएको छ । अघिल्लो वर्ष जम्मा ६८ करोड ८२ लाख ६० हजार मात्रै थियो । गत आर्थिक वर्षको वित्तीय विवरणले प्रिमियर इन्स्योरेन्स कम्पनी थप बलियो भएको देखिएको छ ।

त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ३२.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.५८, प्रतिशेयर नेटवर्थ १९८.६८, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३३७.९१ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS