Connect IPS
IME Life

युनाईटेड इन्स्योरेन्सको व्यापारमा बृद्धि, मुनाफा ६०% ले बढ्दा कोषको आकार ३९ करोड नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाईटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सो कम्पनीको मुनाफा ६० प्रतिशतले बृद्धि भएको छ भने बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बढेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ३७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा २३ करोड सात लाख ५२ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवमा ३१ करोड ८० लाख २२ हजार २६० रुपैयाँ आर्जन गरेको छ । गत आवमा कम्पनीले बीमा व्यवसाय आठ करोडले थप विस्तार गर्न सफल भएपनि सर्वोच्च अदालतमा चलेको मुद्दाको कारण केही रकम प्रोभिजनमा परेपछि मुनाफा खुम्चिएको हो ।
युनाईटेड इन्स्योरेन्सले जगेडा कोष, बीमा कोष तथा महाविपत्ति कोष समेतमा गरी कूल ३९ करोड एक लाख २७ हजार ३१० रुपैयाँ जम्मा गरेको छ । यसअघि कोषमा जम्मा ३२ करोड ५७ लाख रुपैयाँ थियो । सो कम्पनीको कोषको आधार निकै ठूलो बनाउन सफल भएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्च सामान्य बृद्धि भएको छ । कम्पनीले गत आवमा १६ करोड ७७ लाख ४९ हजार ७९० रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा जम्मा २४ प्रतिशतले बढि हो ।

Prabhu
Crest

 

युनाईटेड इन्स्योरेन्सको दावी भुक्तानी ३२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १९ करोड दावी भुक्तानी गरेको कम्पनीले चालु आवमा जम्मा १२ करोड ८३ लाख मात्रै भुक्तानी गरेको छ । कोरोना महामारीको कारण बीमा सवारी साधन तथा अन्य उद्योग कलकारखाना नचलेपछि बीमा प्रायः सबै बीमा कम्पनीहरुको दावी भुक्तानी घटेको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीको पनि करिब छ करोड रुपैयाँ दावी भुक्तानी घटेको हो ।

एक अर्ब दुई करोड ८१ लाख ६० हजार चुक्ता पुँजि रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३.३२, मूल्य आम्दानी अनुपात १११.५३, प्रतिशेयर नेटवर्थ १३७.९४, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २३५ं.७१ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS