IME Life
Beema Board

गुराँस लाइफको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा खुद बीमाशुल्क आर्जन २४ प्रतिशतले बढेको छ ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २ अर्ब २० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा १ अर्ब ८९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

Prabhu
Crest

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ९ करोड ४९ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा २४ प्रतिशतले बढेको हो । बिमाङ्कीय मूल्यांकन पछि कम्पनीको नाफा थपघट हुन सक्नेछ ।

समिक्षा अवधिमा कम्पनीले १ हजार ३ सय ६२ वटा दाबी वापत ५४ करोड ३५ लाख रुपैंया भुक्तानी गरेको छ भने २२ वटा बीमा दाबी वापतको ४५ लाख ९३ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३७ करोड ६४ लाख रुपैंया संचित रहेको छ भने जीवन बीमा कोष ७ अर्ब ६६ करोड रुपैंया छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिक) १० रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ९५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS