काठमाडौं । चौथौ त्रैमासको अवधिमा सगरमाथा इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क बीमाशुल्क आर्जन घटेको छ । ।कम्पनीले गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा ९८ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ९८ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ० दशमलव ५१ प्रतिशतले घटेको छ ।
त्यस्तै, कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीको आकार घटेको छ । कम्पनीले ५ हजार ८ सय ४८ वटा बीमा दाबी भुक्तानी गरेको छ भने ३ हजार ४ सय २७ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ ।
समिक्षा अवधिमा कम्पनीले ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २४ दशमलव ३९ प्रतिशतले बढेको छ ।
१ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा ५१ करोड ८६ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ६३ लाख १४ रुपैयाँ संचित रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय २७ रुपैयाँ ९५ पैसा रहेको छ ।