Connect IPS
IME Life
Beema Board

सिटीजन्स बैंकको नाफा २३ प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक अनुसार नाफा घटेको छ । गत बर्षको तुलनामा बैंकको नाफा २३ प्रतिशत घटेको छ ।अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब ४६ करोड खुद नाफा गरेको उक्त बैंकको नाफा गत आवमा एक अर्ब ११ करोडमा सिमित भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ८८ अर्ब ५१ करोड निक्षेप संकलन भएको छ भने ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको संचालन नाफा घटेको छ ।सोही अवधिमा कम्पनीको वितरणयोग्य नाफा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ ।अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले २ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा बढेर २ अर्ब ८८ करोड रुपैयाँ पुगेको हो ।

बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ९६ करोड रुपैयाँ संचित रहेको छ । बैंकको नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा रहेकोमा गत आवको सोही अवधिमा घटेर १२ रुपैयाँ ९२ पैसामा सिमित भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS