Connect IPS
IME Life
Beema Board

नबिल बैंकको खुद नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासमा नबिल बैंकको खुद नाफा १५ दशमलव ८६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७५/७६ को सोही अवधिमा ४ अर्ब २३ करोड नाफा कमाएको नबिलको नाफा गत आर्थिक वर्षमा घटेर ३ अर्ब ५६ करोड कायम भएको हो ।

१० अर्ब ९ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १५ अर्ब ७० करोड रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड रहेको छ ।

Prabhu
Crest

यस अवधिमा बैंकको संचालन मुनाफा पनि १५ दशमलव ४८ प्रतिशतले घटेर ५ अर्ब ९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १ दशमलव ९४ प्रतिशतले बढेर ७ अर्ब २ करोड पुगेको छ । त्यस्तै बैंकको निक्षेप १७ प्रतिशतले बढेर १ खर्ब ९० अर्ब पुगेको छ भने कर्जा प्रवाह १६ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब पुगेको छ ।

बैंकको खराब कर्जा ०।७४ प्रतिशतबाट बढेर ० दशमलव ९७ पुगेको छ । बैंकको प्रति शेयर आम्दानी ३५ रुपैयाँ ३२ पैसा , प्रति शेयर नेट वर्थ २५५ रुपैयाँ ५२ पैसा , मूल्य आम्दानी अनुपात २१।६६ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS