Connect IPS
IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १ अर्ब माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफलल भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ४ दशमलव १७ प्रतिशतले बढेको छ

Prabhu
Crest

त्यस्तै, कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीमा सामान्य सुधार देखिएको इन्स्योरेन्सको व्यवस्थापन खर्च र खुद बीमा दाबी भुक्तानीको आकार घटेको छ । कम्पनीले ५ हजार ४६५ वटा बीमा दाबी भुक्तानी गरेको छ भने २ हजार ८६२ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ ।

समिक्षा अवधिमा कम्पनीले २० करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ३४ प्रतिशतले बढेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा ३१ करोड ९ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ८९ लाख रुपैयाँ संचित रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५ सय ३९ रुपैयाँ १ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS