Connect IPS
IME Life

सानिमामाई हाइड्रोको नाफा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमामाई हाइड्रोको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा अघिल्लो वर्षभन्दा ५९ प्रतिशत बढी भएको छ । कम्पनीले ३६ करोड ८३ लाख ८४ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्ष सोहि अवधिमा २३ करोड १२ लाख १८ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष विद्युत् विक्री आम्दानी बढी भएकाले नाफा बढेको हो ।

अघिल्लो वर्ष ७२ करोड ५० लाख ८२ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको उक्त कम्पनीले गत वर्ष ८६ करोड ७ लाख ८४ हजार यो आमदानी गरेको हो । विद्युत् विक्री आम्दानी १८ दशमलव ७१ प्रतिशत बढी भएको छ ।

Prabhu
Crest

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर २ अर्ब ५५ करोड ३१ लाख पुर्‍याएको उक्त कम्पनीको रिटर्न अर्निङ ६५ करोड ६४ लाख ३४ हजार र अन्य जगेडामा ३२ लाख ७४ हजार रहेको जनाएकामे छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ५ अर्ब ४९ करोड १३ लाख ५५ हजार र कुल दायित्व २ अर्ब २७ करोड ८५ लाख ४५ हजार रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४३ पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS