काठमान्डौ। नयाँ जीवन बीमा कम्पनी मध्यको जनरल इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ।
जनरल इन्स्योरेन्सले १ वर्षको अवधिमा ५३ करोड ६९ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासमा कम्पनीले ३३ करोड २५ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन रकम १६ करोड ४६ लाख बाट वृद्धि भएर २० करोड ९६ लाख पुगेको छ।
७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ संचित छ त्यस्तै बीमा कोषमा ५ करोड १० लाख र महा-विपत्ति जगेडामा ५२ लाख रहेको छ।
खुद नाफा भने ४० प्रतिशतले वृद्धि हुँदै ५ करोड ६ लाख पुगेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ७ रुपैयाँ २३ पैसा रहेको छ भने किताबी मूल्य ११४ रुपैयाँ ६८ पैसा रहेको छ।
कम्पनीले १९ करोड ५२ लाख कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दावी रकम ३ करोड ९० लाख रहेको छ।