काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रबन्धक, सहायक अधिकृत, सुपरभाइजर वरिष्ठ सहायक, वरिष्ठ सहायक सुचना प्रविधि, कनिष्ठ सहायक र प्रशिक्षार्थीका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।