IME Life

सिद्धार्थ म्युचुअल फण्डका दुई वटै योजनाको प्रतिफलका लागि बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले प्रस्ताव गरेको प्रतिफलका लागि साउन ३२ गते बुक क्लोज गर्ने भएका छन् ।

दुवै योजनाले आइतवार सूचना जारी गरि बुक क्लोजको मिति सार्वजनिक गरेका हुन् । यी दुवै योजनाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरिक्षण कार्य सम्पन्न गरि प्रतिफल घोषणा गरेका हुन् ।

Prabhu
Crest

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुलाई करसहित ७ दशमलव ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।

यस आधारमा सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ६ करोड र सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुलाई ११ करोड २५ लाख प्रतिफल प्रदान गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS