IME Life
Beema Board

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट एकैपटक २० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत बिहीबार २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

उच्च तरलताका कारण अन्तरबैङ्क ब्याजदर ब्याजदर–करिडोरको तल्लो सीमाभन्दा तल झरेपछि राष्ट्र बैङ्कले अल्पकालिन उपकरणमार्फत् तरलता व्यवस्थापन गर्न लागेको हो ।

Prabhu
Crest

यसमा सबै वर्गका बैङ्क तथा वित्तीय संस्थाले सहभागिता जनाउन पाउने राष्ट्र बैङ्कले जनाएको छ । अहिले बैंकिङ सिस्टममा २ खर्ब भन्दा बढीको तरलता रहेको राष्ट्र बैङ्कले जनाएको छ । निक्षेप बढ्दै गएको तर त्यसअनुसार ऋणको माग नभएका कारण यतिबेला उच्च तरलताको अवस्था सिर्जना भएको हो ।

२० अर्बको तरलता खिच्दा पनि बजारमा अझै १ खर्ब ८० अर्बको तरलता बाँकी नै रहन्छ । बजारमा तरलतासँगै लगानीयोग्य पुँजी समेत अत्यधिक भएपछि अहिले बैङ्कहरुले निक्षेपको ब्याजदर घटाएका छन् भने कर्जाको विस्तारका लागि नयाँ नयाँ प्रोडक्टहरु समेत सार्वजनिक गर्न थालेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS