IME Life

प्रधानमन्त्री ओलीसँग बैठक गरेर फर्केका मन्त्रीमा कोरोना पुष्टि

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आवश्यक तयारी बिना नै गत २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउन खुल्ला गरेपछि देशैभरिका कोरोनाको भयावह स्थिति देखिन थालेको छ । यसै क्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । ४४ बर्षिय मन्त्री यादवले एक साताअघि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर बादल, आईजीपी शैलेश थापा क्षेत्रीलगायतसँग बैठक गरेर जनकपुर फर्के लगत्तै मन्त्री यादवमा कोरोना पुष्टि भएको हो ।

मन्त्री यादवका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काठमडौंको सिंहदरवारदेखि बालुवाटारसम्म आतंक मच्चिएको छ । प्रहरी सम्बन्धी एक कार्यक्रममा भाग लिन काठमाडौं आएका मन्त्री यादवको अवस्था सामान्य छ । जिल्ला फर्केपछि उनले कोरोना परिक्षण गर्दा पोजेटिभ पाइएको हो । यो घटनासँगै कन्ट्याक ट्रेसिङको क्रममा उच्च पदस्थ अधिकारीहरुको समेत कोरोना परिक्षण गर्ने तयारी सुरु गरिएको छ ।

Prabhu
Crest

तस्विर सौजन्यः बाह्रखरी ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS