IME Life

पहिलो पटक रेल यात्रु बीमाको दर तोकिँदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल रेलवे कम्पनीले भारतबाट खरिद गरेको दुई वटा रेल नेपाल भित्राउने तयारी सुरु भएको छ । दशैंअघि सञ्चालन लक्ष्यसहित नेपाल भित्रिन तम्तयारी अवस्थामा रहेको रेल सञ्चालनको अन्य प्राविधिक तयारी सुरु गरिएको छ । रेल सेवा सञ्चालन गर्नु अघि बीमा गर्नु अनिवार्य हुन्छ । नेपालको आफ्नै रेल हालसम्म सञ्चालनमा नभएकोले बीमाको अभ्यास छैन । पहिलो पटक नेपालको आफ्नै रेल सञ्चालनको तयारीसँगै बीमा समितिले पनि रेल र यात्रुको बीमा गर्दा लाग्ने दररेट तोक्ने तयारी सुरु गरेको छ ।

सरकारी लगानीको नेपाल रेलवे कम्पनीले जनकपुर–जयनगर रेल सेवा यही दशैं अघि नै सुरु गर्ने तयारी सुरु गरेको छ । नेपाल रेवले कम्पनीले निर्माण गरिएको रेल भारतमा तयार भइसकेको छ । नेपालले अर्डर दिएका दुई वटा रेलको निर्माण सम्पन्न भई प्राविधिक परिक्षण समेत गरिसकिएको नेपाल रेवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार प्राविधिक, जनशक्ति लगायतका सबै तयारी अन्तिम तयारीमा छ । भारतले रेलको लिक औपचारिक रुपमा हस्तान्तरण गर्ने कार्य सम्पन्न भई सबै कुराले साथ दिएमा नेपालको आफ्नै रेल आगामी दशैं अघि नै सुचारु हुनेछ । सरकारले छिट्टै जनकपुरदेखि बर्दिबाससम्म पनि रेल सेवा सञ्चालन गर्दैछ ।

Prabhu
Crest

सरकारले रेल सेवा सञ्चालन गर्ने तयारी गरेपछि बीमा समितिले पनि रेलका यात्रु तथा रेल बीमाको लागि स्वदेशी बीमा कम्पनीहरुलाई सहजीकरण गर्ने तयारी गरेको छ । हालसम्म नेपालको आफ्नै रेल औपचारिक रुपमा सञ्चालन नभएकोले रेल र रेलका यात्रुको बीमा गर्न दर रेट तोकिएको थिएन । अब दर रेट तोकेर रेल सेवा सञ्चालनका लागि बाीमा गर्न मार्ग प्रशस्त गर्ने तयारी गरिएको बीमा समितिले जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले रेलका यात्रुको बीमाको लागि आवश्यक छलफल गरी दर रेट तोकिने बताए ।

बीमा समितिले दर रेट तोकेपछि हाल सञ्चालनमा आउन लागेको रेलमा एक पटकमा ६०० यात्रु ओहोर दोहार गर्न मिल्ने रेलको बीमा नेपाली कम्पनीले नै गर्न पाउने छन् । रेलको सम्पत्ति बीमा, यात्रु बीमा, तेस्रो बीमा गरी तीन प्रकारको बीमा नेपालमै गर्न सकिने छ । नेपालले भारतबाट ८४ करोड रुपैयाँमा दुई वटा रेलको सेट खरिद गर्न गर्ने सम्झौता गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS