IME Life
Beema Board

ग्रामीण विकास लघुवित्तद्धारा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्रामीण विकास लघुवित्तले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूबाट सहयोग स्वरुप संकलन गरिएको ३४ लाख २३ हजार ६ सय ९८ रुपैयाँ सहयोग गरेको जनाएको छ ।

सहयोग रकम बराबरको चेक अर्थमन्त्री डा। युवराज खतिवडालाई आइतबार संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले हस्तान्तरण गरे ।

Prabhu
Crest

कार्याक्रममा मन्त्री खतिवडाले यस रकमलाई सरकारले ठुलो सहयोग मानेको र यसरी संकलन भएको रकम कोरोना संक्रमण तथा विपतमा परेका नागरिकहरूको उपचार र उद्धारका लागि नेपाल सरकारले पूर्णरुपमा सदुपयोग गर्ने बताए ।

कार्याक्रममा संस्थाका कम्पनी सचिव दिपक प्रसाद पाण्डे, कर्जा व्यवस्थापन नीति तथा योजना विभागका प्रमुख किरण काफ्ले, वित्त व्यवस्थापन विभागका प्रमुख मोतिराज खनाल र संस्थामा क्रियाशील दुबै कर्मचारी युनियनका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS