Connect IPS
IME Life

यस्तो छ नेपाल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आफ्नो साधारण बचत खाताको ब्याजदर ३ प्रतिशतसम्म झारेको छ। अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । उक्त ब्याजदर बैंकले १३ प्रकारको खातामा लागू हुने जनाएको छ। दश प्रकारका खातामा ४ प्रतिशत र एक प्रकारको खातामा ३ प्रतिशत ब्याज प्रदान गर्ने बैंकले जनाएको छ।

त्यस्तै इम्प्लोई वेलफेयर अकाउण्टमा ५ प्रतिशत, अक्षयकोष खातामा ६.५० प्रतिशत, एनबिएल ट्रष्ट फण्डमा ७।२५ प्रतिशत, र साधारण कल खातामा २ प्रतिशत ब्याज पाइने बैंकद्धारा जारी सूचनामा उल्लेख छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनामा ७ दशमलव २५ प्रतिशत र ३ महिनादेखि ५ वर्ष अवधिसम्ममा पनि ७ दशमलव २५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

Prabhu
Crest

यस्तै संस्थागत मुद्दतीतर्फ भने बैंकले ३ महिनामा ६ दशमलव ५० प्रतिशत, ३ महिनादेखि ५ वर्ष अवधिसम्ममा पनि ६ दशमलव ५० प्रतिशत नै ब्याजदर दिने भएको छ। नवीकरण हुने संस्थागत मुद्दतीमा भने थप ० दशमलव १० प्रतिशत गरी ६ दशमलव ६० प्रतिशत ब्याजदर दिने जनाएको छ ।

असार मसान्तमा नेपाल बैंकको आधार ब्याजदर ६ दशमलव ९९ प्रतिशत रहेको छ।


नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS