IME Life

कोरोना संक्रमितको मृत्युपछि भोलिदेखि बीरगन्जमा पुनः लकडाउन, काठमाडौंका १० जनामा कोरोना

SPIL
NIC ASIA

काठमाडौं । एक जना कोरोना संक्रमितको मृत्यु भएपछि भोलि शनिबारदेखि औद्योगिक राजधानी बीरगन्जमा अनिश्चितकालिन लकडाउन जारी गरिएको छ । बीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएपछि त्यहाँ पुनः कडा लकडाउन घोषणा गरिएको हो । बीरगन्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेकका सबै सेवाहरु निलम्वन गरी सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन् ।

यता, स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार राजधानी काठमाडौंमा १० जनामा कोरोना भाइरस पुष्टि भएको छ । सबैभन्दा बढि झापामा २५ जना, दैलेख र कैलालीमा ८।८ जना, सप्तरीमा ७ जना, सुनसरी र पोखरामा ५।५ जना कोरोना भाइरस संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

हालसम्म नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ भने ४४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको अवस्था छिमेकी मुलुक भारतमा झनै भयावह बन्दै गइरहेको छ । भारतमा दैनिक ५० हजार जनामा कोरोना भाइरस भेटिइरहेकोले नेपालमा पनि कुनै पनि बेला तीव्र संक्रमण फैलिन सक्ने विज्ञहरुले औल्याएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS