Connect IPS
IME Life

१९ निर्जिवन बीमा कम्पनीको वर्षदिनको व्यवसाय २५ अर्ब ८७ करोड, एकै महिनामा तीन अर्ब ४५ करोड बीमा शुल्क उठ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा बीमा कारोबार गर्दै आएका १९ वटा निर्जिवन बीमा कम्पनीहरुले २५ अर्ब ८७ करोडको बीमा व्यवसाय गरेका छन् । लकडाउनकै बीचमा बीमा कम्पनीहरुले तीन अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् । उक्त तथ्याङ्कमा सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क समावेश गरिएको छैन ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कूल २२ लाख ६ हजार ३३८ वटा बीमा पोलिसी बिक्री गरी बीमा कम्पनीहरुले सो रकम आर्जन गरेका हुन् ।

Prabhu
Crest

लकडाउनकै बीचमा बीमा कम्पनीहरुले निकै राम्रो व्यवसाय गर्दै असार महिनामा मात्रै ३ लाख ३५ हजार ७७४ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कूल चुक्ता पुँजि १६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै निर्जिवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको संख्या चार हजार ७६९ पुगेको छ भने शाखा कार्यालयको संख्या ८८९ पुगेको  बीमा समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७६।०७७ मा कसको कारोबार कति ?

१. शिखर इन्स्योरेन्स                                      ३ अर्ब ५२ करोड

२. सगरमाथा इन्स्योरेन्स                                 २ अर्ब १९ करोड

३. नेको इन्स्योरेन्स                                        २ अर्ब ७ करोड

४. सिद्धार्थ इन्स्योरेन्स                                    १ अर्ब ९६ करोड

५. एनएलजी इन्स्योरेन्स                                 १ अर्ब ७३ करोड

६. प्रिमियर इन्स्योरेन्स                                    १ अर्ब ६४ करोड

७. प्रभु इन्स्योरेन्स                                         १ अर्ब ५५ करोड

८. हिमालयन जनरल इन्स्योरेन्स                        १ अर्ब ३७ करोड

९. आईएमई जनरल इन्स्योरेन्स                         १ अर्ब ३६ करोड

१०. लुम्बिनी जनरल इन्स्योरेन्स                        १ अर्ब २१ करोड

११. नेपाल इन्स्योरेन्स                                    १ अर्ब १६ करोड

१२. प्रुडेन्सियल इन्स्योरेन्स                               १ अर्ब ३ करोड

१३. द ओरियन्टल इन्स्योरेन्स                            १ अर्ब १ करोड

१४. एभरेष्ट इन्स्योरेन्स                                   ९० करोड

१५. अजोड इन्स्योरेन्स                                   ८६ करोड

१६. नेशनल इन्स्योरेन्स                                  ७६ करोड

१७. युनाईटेड इन्स्योरेन्स                                ६६ करोड

१८. जनरल इन्स्योरेन्स                                   ५४ करोड

१९. सानिमा जनरल इन्स्योरेन्स                         ३५ करोड

जम्मा                                                       २५ अर्ब ८७ करोड

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS