Connect IPS
IME Life

एभरेष्ट इन्स्योरेन्स २७ औं वर्षमा, पुरानो विरासत फर्काउन दृढतापूर्वक अघि बढ्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आज २७ औं बार्षिकोत्सव मनाइरहेको छ । २०५१ साल साउन ७ गतेबाट औपचारिक रुपमा बीमा कारोबार सुरु गरेको एभरेष्ट इन्स्योरेन्स आजबाट २६ वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । २७ औं बार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्नो पुरानो विराशत फर्काउने प्रतिबद्धता व्यक्त गरेको छ । स्थापनाको १० वर्षमा नै निकै राम्रो प्रगति गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनी २०६०–२०७० को दशकमा निकै लोकप्रिय रहन सफल भएको थियो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी २०७० सालअघिसम्म नेपालमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने देशकै ठूलो बीमा कम्पनीको रुपमा अघि बढेको थियो । करिब पाँच वर्ष नेपाली बीमा बजारमा पहिलो कम्पनी बनेर वाहवाही कमाएको एभरेष्ट इन्स्योरेन्स कम्पनी २०७० सालमा विवादमा परेपछि बीमा व्यवसाय खस्किएको थियो । कर्मचारीहरुको दृढतासँगै पुनः अघि बढेको एभरेष्ट इन्स्योरेन्स कम्पनी अब पुरानो विरासत फर्काउने अभियानमा दृढ भएर अगाडि बढिरहेको छ ।

Prabhu
Crest

२७ औं बार्षिकोत्सवको अवसरमा एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटाले आगामी वर्ष कम्पनीले समृद्धिको वर्षको रुपमा मनाउने बताए । उनले बार्षिकोत्सवको अवसरमा आगामी वर्ष कर्मचारीहरुलाई उच्च प्रेरणासहित कम्पनीको व्यापार व्यवसायलाई थप मजबुत बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष सापकोटाले धेरै चुनौतिका वावजुद पनि सामाजिक उत्तर दायित्वहरु वहन गर्दै दृढका साथ लक्ष्य प्राप्तिमा अघि बढेको बताए । उनले २७ औं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई आजको अवस्थामा अगाडि बढाउन भूमिका निर्वाह गर्ने सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।

२०७२ सालसम्म जम्मा १० करोड रुपैयाँ चुक्ता पुँजि भएको कम्पनी हाल एक अर्बभन्दा बढि चुक्ता पुँजि पुर्याएर आक्रामक बीमा व्यवसायमा अघि बढिरहेको छ । साढे दुई दशकभन्दा लामो इतिहास बोकेको एभरेष्ट इन्स्योरेन्स कम्पनी आगामी दिनमा बीमा व्यवसायमा नेतृत्व गरिरहेका कम्पनीहरुलाई कडा चुनौति दिँदै अघि बढ्ने देखिएको छ । चुक्ता पुँजि बृद्धि भएपछि आक्रामक व्यवसाय विस्तारमा जुटेकाले पनि बीमा बजारमा एभरेष्ट इन्स्योरेन्सको सशक्त उपस्थिति हुने देखिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS