IME Life

हजारको नोटमा अब दुई वटा हात्ती, आजदेखि नयाँ नोट बजारमा

SPIL
NIC ASIA

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ डिजाईनका नोटहरु बजारमा प्रवाह गर्ने भएको छ । एक हजार रुपैयाँ दरका नोटमा अब एउटा हात्तीको साटो अब दुई वटा हात्तीहरु हुनेछन् । सौराहामा रहेको रामलक्ष्मण हात्तीको तस्विर भएको नयाँ नोट बजारमा प्रवाह गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

निवर्तमान गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर रहने ति नोटहरु यसअघि नै राष्ट्र बैंकले छपाई गरी स्टोरमा राखेको थियो । राष्ट्र बैंकका अनुसार नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र समेटिएको छ । त्यस्तै, नोटको दायाँतर्फ लालीगुराँस र एक हजारको नोट जनाउने अंग्रेजी अंकमा १००० को पानी छाप रहेको छ । त्यस्तै, नोटको तल्लो भागमा विस २०७६ लेखिएको केन्द्रीय बैंकद्वारा जारी सूचनामा जनाइएको छ । राष्ट्र बैंकले जनाए अनुसार नयाँ एक हजार दरका नोटमा चितवनमा रहेको देवीकली भन्ने हात्तीले जन्माएको जुम्ल्याहा दुर्लभ हात्ती राम लक्ष्मणको चित्र अंकित रहेको छ ।

Prabhu
Crest

राष्ट्र बैंकले उल्लेखित नयाँ नोट आधिकारिक भएको भन्दै नझुक्किन समेत सबैमा आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS