‘खल्ती’ डिजिटल वालेट र नेपाल बैंकबीच सम्झौता

Citizen Life Insurance Co

काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटले नेपाल बैंकसँग सहकार्य गरेको छ । उक्त सम्झौता खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोवाइल बैंकिंङ् र इन्टरनेट बैंकिंग सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् । ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै बस्तु वा सेवाको भुक्तानी गर्न सक्नेछन् । उक्त सम्झौतापश्चात् बैंकका ग्राहकहरुलाई सहज हुने विश्वास खल्ती डिजिटल वालेटलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार