IME Life

शेयर धितोमा ऋणको सीमा बढाइयो, गाडी र घर किन्दा थप ऋण सुविधा पाइने

SPIL
NIC ASIA

काठमाडौं । आज सार्वजनिक हुँदै गरेको मौद्रिक नीतिमा शेयर, गाडी तथा घरको ऋणको सीमा बृद्धि गरिने भएको छ । आज विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति आजै अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदैछ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चुहिएको मौद्रिक नीतिबारे आधिकारिकता दिने चाहेनन् ।

आर्थिक वर्ष २०७७।०७८ का लागि पारित गरिएको मौद्रिक नीतिमा मार्जिन लेण्डिङ, होम लोन र अटो लोनको सीमामा बृद्धि गरिएको छ । शेयर धितोमा प्रवाह गरिने ऋणको सीमा ७० प्रतिशत पुर्याइएको छ । त्यस्तै, व्यक्तिगत घरकर्जाको सीमा १० प्रतिशत थप गरिएको छ । त्यस्तै गाडी किन्दा पनि थप सुविधा पाइने व्यवस्था आज सार्वजनिक हुने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ । अटो लोनको सीमा ६० प्रतिशत पुर्याइएको छ ।

Prabhu
Crest

मौद्रिक नीतिले ऋण तिर्ने सीमा बढाइएको जनाइएको छ । कोरोना महामारीबाट बढि प्रभावित उद्योगलाई एक वर्षसम्म ऋण तिर्न सक्ने सुविधा दिइएको छ । मौद्रिक नीति आज अपरान्ह ३ बजे सार्वजनिक हुँदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS